आदरणिय अभिभावक तथा विद्यार्थीहरु, आजको एक्काइसौँ शताब्दि प्रविधि मैत्री र गुणस्तरिय शिक्षा प्राप्तिको समय हो। हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नु उसको नैसर्गिक अधिकार हो। यहि आवश्यकतालाई दृष्टिगत गरी हाम्रो विद्यालय निरन्तर अगाडि बढि रहेको छ। यसै सन्दर्भमा विद्यालयले फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत कक्षा साथै प्राविधिक शिक्षा तर्फ कृषि (बाली विज्ञान) र साधारण धार तर्फ अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरी रहेको छ। यसर्थ सम्पूर्ण विद्यार्थीलाई बदलिदो समयानुसारको समाज, देश र विश्व परिवेश सुहाउँदो शिक्षा प्रदान गर्ने हाम्रो महान अभिलाषामा यहाँहरुको पनि निरन्तर साथ, सहयोग र सल्लाहको अपेक्षा गर्दछु।
धन्यवाद